Skip to content

माओवादी कार्यकर्ताका लागि प्रशिक्षण आवश्यक छ : प्रदेश सदस्य बज्रध्वज वाईबा

माओवादी कार्यकर्ताका लागि प्रशिक्षण आवश्यक छ : प्रदेश सदस्य बज्रध्वज वाईबा
प्रकाशित:
शब्दको आकार


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य बज्रध्वज वाईबाले कम्युनिस्ट विचारधारा प्रभावकारी बनाउन कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने बताउनुभएको छ । कार्यकर्ताको व्यवहारमा कम्युनिस्टपन नदेखिएकोले प्रशिक्षण आवश्यक रहेको उहाँको भनाइ छ ।
‘माओवादी केन्द्रका कार्यकर्तालाई कम्युनिस्ट सिद्धान्तमा पोख्त बनाउन जरुरी भएको छ । त्यसैले पार्टीमा तत्काल राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउनुपर्छ,’ आइतबार माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको प्रथम पूर्ण बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो
एमाले–कांग्रेस जस्तो एक दिन बैठक बसेर माओवादीको क्रान्ति सफल नहुने वाईबाले बताउनुभयो । ‘हाम्रो पार्टी क्रान्तिकारी हो भन्ने तर चेतनाको बीउ रोप्न नसिकाउने हो भने कसरी कम्युनिस्ट पार्टी संस्थागत हुन्छ ? महान् सहिदहरुले रगत बगाएको रगत यतिका लागि मात्र हो त ?,’ हरिहरपुरगढी गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका वाईबाले प्रश्न गर्नुभयो ।
चेतनाको बीउ नरोपेसम्म कम्युनिस्ट पार्टी शक्तिशाली बन्न नसक्ने उहाँको दाबी छ । वैचारिक लडाइँको गतिलो हतियार नै प्रशिक्षण भएकोमा जोड दिनुहुँदै उहाँले आफ्ना नेता कार्यकर्तालाई उक्त हतियार दिनुपर्ने बताउनुभयो ।
प्रदेश सदस्य वाईबाले हालै निर्वाचित हरिहरपुरगढी गाउँ कमिटीलाई समयसँगै अपग्रेट हुन सुझाव दिनुभयो । उहाँले चेतनाविना विकास सम्भव नभएकोले कार्यकर्ता अध्ययनशील हुन पनि जरुरी रहेको बताउनुभयो ।
हरिहरपुरगढी गाउँ कमिटीको कार्यालयका लागि एक लाख रुपैयाँ बराबरको पुस्तकालय र आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धतासमेत प्रदेश सदस्य वाईबाले जनाउनुभयो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts