Skip to content

हरिहरपुरगढीमा राईहरुले माघ्या सक्रात मनाए

हरिहरपुरगढीमा राईहरुले माघ्या सक्रात मनाए
प्रकाशित:
शब्दको आकार

माघे सन्क्रान्तीको अबसरमा सिन्धुलीको हरिहरपुरगढीमा राईहरुको मुख्य पर्व माघ्या सक्रात तथा यले सम्बत ५०८५ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

राई उत्थान समाज नेपाल सिन्धुलीको आयोजनामा हरिहरपुरगढी - २ रतनपुर स्थित राई सङ्गग्रालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाइबाको प्रमुख आतिथ्यता,राई उत्थान समाजका अध्यक्ष चन्द्र बहादुरको अध्यक्षता, वडा नम्बर २ का वडाअध्यक्ष बिश्व राई, वडा नम्बर ३ का वडाअध्यक्ष कुल बहादुर भोलन " उज्जल", कार्यपालिका सदस्य सन्तली राई,पुर्ब पालिका उपाध्यक्ष अनिता कुमारी राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना दिनुहुदै पालिका प्रमुख वाईबाले आफ्नो पहिचान, भाषा जोगाउनु पर्ने र आफ्नो जातीय पहिरन लगाउनु पर्ने आउने पुस्तालाई समेत अनुशरण गराउनु पर्ने बताउनु भयो । वहाले पालिकामा बसोबास गर्ने हरेक जातिय सामुदायलाई पालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा राई पहिचान झल्किने पहिरन सहित महिला पुरुषको उपस्तिथि रहेको थियो साथै माघे सन्क्रान्तीको राईहरुको परिकार घरुवा पिठा, माछा, सेल रोटि लगायतका परिकारहरु अतिथी लगायत कार्यक्रममा उपस्थित सबैलाई सगुन सहित खुवाइयो।कार्यक्रममा राई सामुदायबाट समाजमा उल्लेखिय योगदान गर्नेलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts