Skip to content

हरिहरपुरगढीमा वडा नम्बर २ स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न

हरिहरपुरगढीमा वडा नम्बर २ स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा वडा नम्बर २ स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।पौष २५ देखि सुरु भएको खेल समपन्न भएको छ।
फाईनल खेलमा महिला फुट्बल तर्फ ट्राईब्रेकरमा बागमती महिला टिमले मरिण महिला टिमलाई ३-२ले हराउदै बागमती महिला टिमले जीत हासिल गरेको छ ।त्यस्तै पुरुष फुटबल तर्फ झनझने युबा टिमलाई चैनपुर युबा टिमले १-० ले हराउदै जीत हासिल गरेको छ।

कराते खेल पुरुष २० केजि तर्फ सक्षम राई प्रथम,प्रबिण साह शंकर दृतिय,शिशिर राई तृतीय,३० केजि पुरुष तर्फ सरोज बल प्रथम,बिक्रम रुम्बा दृतिय,तेजमान राई तृतिय,आयुष बोम्जन तृतीय,२५ केजि पुरुष तर्फ,गौरब पहरी प्रथम,परिवर्तन राई दृतिय,दर्पन राई तृतीय,अनिल राई तृतीय,४५ केजि पुरुष तर्फ दिपेश थापा मगर प्रथम,नमराज गोले दृतिय, ४० केजि पुरुष तर्फ यसराज पाखृन प्रथम,गौरब सापकोटा दृतिय,बिनोद गोले तृतीय,अभिषेक राई तृतिय ४० केजि महिला तर्फ बिनिशा गुरुङ प्रथम,सन्जित जिम्बा दृतिय,सदिक्षा श्रेष्ठ तृतीय, ५० केजि तर्फ कान्छीमाया गोले प्रथम,लक्ष्मी चौधरी दृतिय,अप्सना राई तृतिय,४५ केजि तर्फ कृशा तामाङ प्रथम,आशिका श्रेष्ठ दृतिय,सन्जिता पाखृन तृतिय,रितु डिम्डुङ तृतीय, ३० केजि तर्फ स्वस्तिका गोले प्रथम,सपना थिङ दृतिय,रितु राई तृतिय,जिरि माया जिम्बा तृतीय भएका छ्न ।
समापन कार्यक्रममा बिजेतालाई नगद ट्रफी प्रदान गरिएको थियो ।
समापन समारोह वडा अध्यक्ष विश्व राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा युबा तथा खेलकुद बिकास समिती अध्यक्ष हिमाल राई, समाजसेवि भुवन राई, २ नम्बर वडा खेलकुद संयोजक सन्त राई लगायतको उपस्थित रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts