मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

मुलुकमा गणतन्त्र आएपछि सबै धर्मले अधिकार पाएको छः अध्यक्ष घलान

Mero Patra
मेरो पत्र
ad
मुलुकमा गणतन्त्र आएपछि सबै धर्मले अधिकार पाएको छः अध्यक्ष घलान
adad

बागमतीः बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले  मुलुकमा गणतन्त्र पश्चात प्राप्त धर्म निरपेक्षले मुलुकमा सबै धर्मले अधिकार पाएको बताउनुभएको छ । बुधबार क्रिसमसको अवसरमा गाउँपालिकाभित्रका चर्चहरुमा पुगेर शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष घलान बुधबार बागमती-४ स्थित दर्शन नाजरिन मण्डली, उद्वार मण्डली र बागमती-५ स्थित प्रेस्बिटेरियन चर्च इन नेपालमा क्रिसमस कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै धर्मलाई समान अधिकार गणतन्त्रपछि पाएको बताउनुभएको छ ।

यो व्यवस्थाभन्दा अगाडि त्यो अवस्था नभएको उहाँको भनाई छ । अहिलेको व्यवस्थाले सबै जाति, वर्ग र धर्महरुलाई हेपिएको अवस्था अन्त्य गर्न सफल भएको उहाँले बताउनुभएको छ । अहिलेको यो व्यवस्थालाई कमजोर बनाउने कुरामा केही पक्षहरु लागि परेको भन्दै उहाँले यसलाई बचाउन आवश्यक रहेको बताउनुभयो । गाउँपालिकालाई समृद्ध र नमुना बनाउन सबै लाग्न आवश्यक रहेको भन्दै उहाँले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । कार्यक्रममा बागमती-४ का वडा दन्तलाल माझी, निवर्तमान वडाअध्यक्ष रहर थिङ, कार्यपालिका सदस्यहरु उर्मिला विक र सुनिता नेगी र नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीका अध्यक्ष अरुण बल लगायतको आतिथ्यता रहेको थियो ।

ad