Skip to content

किराँत समुदायको उधौली पर्व आज मनाइदै

किराँत समुदायको उधौली पर्व आज मनाइदै
प्रकाशित:
शब्दको आकार

किराँत समुदायको महान् उधौली पर्व आज धुमधामका साथ मनाइदैँछ । किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ ।

हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वका अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलका लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजागर्ने गरिन्छ ।

यस अवसरमा किराँत युवायुवती र वृद्धवृद्धासमेत परम्परागत पहिरनमा ढोल र झ्याम्टाको तालमा सामूहिक रूपमा साकेला नृत्य गर्दै रमाइलो गर्दछन् । खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर पूर्णिमाको दिनको यो उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली सकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ। यस्तै उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts