Skip to content

हरिहरपुरगढी बस्तीपुरमा युवा संघ सिन्धुलीद्वारा राहत वितरण

हरिहरपुरगढी बस्तीपुरमा युवा संघ सिन्धुलीद्वारा राहत वितरण
प्रकाशित:
शब्दको आकार

झनझने,असोज २०:सिन्धुलीको हरिहरपुरगढी - १ बस्तीपुरमा राष्ट्रिय युवासंघ सिन्धुलीले बाढी पीडितलाई राहत बितरण गरेको छ। राष्ट्रिय युवासंघ केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको पहलमा राष्ट्रिय युवासंघ सिन्धुलीले बाग्मती नदीले डुबानमा परेको बस्तिपुरका २३ घरधुरीलाई चामल, नुन तेल लगायत दैनिक उपभोग्य सामग्री बितरण गरेको हो ।त्यस्तै वडा न.३ साढे बगैचामा १० घर र वडा नम्बर १ कै बस्तिपुर माथिल्लो गाउँमा ७ घर परिवारलाई राहत वितरण गरिएको छ।

कार्यक्रममा केन्द्रीय राष्ट्रिय युवासंघ उपाध्यक्ष पुष्पराज श्रेष्ठ, नेकपा एमाले सिन्धुली जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठ, राष्ट्रिय युवासंघ सिन्धुलीको अध्यक्ष अरुण लामा, नेकपा एमाले हरिहरपुरढी अध्यक्ष मान बहादुर वाईवा राष्ट्रिय युवासंघ प्रदेश कमिटी सदस्य दुर्गा श्रेष्ठ ,युबा व्यवसायी तथा समाजसेवी ध्रुबनाराय लामा लगायत उपस्तिथिमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Related Posts