Skip to content

हरिहरपुरगढी गाउँपालिकाद्वारा कृषकहरुलाई एभोकाडोको बिरुवा वितरण

हरिहरपुरगढी गाउँपालिकाद्वारा कृषकहरुलाई एभोकाडोको बिरुवा वितरण
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषकहरुलाई एभोकाडोको बिरुवा वितरण गरेको छ। पालिकाको वडा नम्बर ६,७ र ८ का कृषकहरुबाट माग भए अनुसारको एभोकाडोको बिरुवा वितरण गरिएको हो। कृषकहरुलाई एभोकाडोको बगैंचा स्थापना गर्ने उद्देश्य राखी २० वटा भन्दा माथी मात्र बिरुवा वितरण हुने र त्यसको मागको लागि श्रावण मसान्त सम्म गाउँपालिकाले यस अघि सूचना प्रकाशित गरेको थियो। गाउँपालिका कृषि विकास शाखाले सोचे अनुरुप नै एभोकाडोको राम्रो सम्भावना रहेको क्यानेश्वरको माथिल्लो भेग रागेंचुरी, कौवा डाँडा, धिमिले डाँडाबाट उच्च माग आएको कृषि अधिकृत प्रवेश देवकोटाले जानकारी दिनुभयो। पालिकाले प्रकाशित सूचना मार्फत ६० जना कृषकले आवेदन दिएकोमा आबेदन अनुसार सबैलाई बगैंचा स्थापना गर्ने गरि कृषकहरुलाई पायक पर्ने गरि हरिवनको फेदिमा कौवाडाँडा र क्यानेश्वरको धिमिले डाँडा तथा पान्तलेसम्म नै बिरुवा ढुवानी गरि वितरण कार्य सम्पन्न गरेको गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिनुभयो । बिरुवा लिन छुटेका केही कृषकहरुलाई पालिकाको कार्यालयबाट पनि वितरण गरिएको आर्थिक विकास शाखा प्रमुख संजित कार्कीले बताउनुभयो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts