Skip to content

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालको सरुवा

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालको सरुवा
प्रकाशित:
शब्दको आकार

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालको सरुवा भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको हो ।गृह मनत्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी नपठाएकाले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलले सिन्धुली जिल्लाको कमाण्ड सम्हाल्ने छन्।

त्यसैगरी मन्त्रीपरिषद्ले सिन्धुपाल्चोक र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको हो । सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरेको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts