मेरो पत्र Logo

अझै तीन दिन बर्षा हुने मौसमविद्को पुर्वानुमान

लेखक
मेरो पत्र
ad
अझै तीन दिन बर्षा हुने मौसमविद्को पुर्वानुमान
adad

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ ।
माहाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म देशैभरि हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिएका छन् । “यतिबेला मनसुन धेरै सक्रिय नभएकाले भारी वर्षाको सम्भावना छैन, तर बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाबाट भने सतर्कता अपनाउनुपर्छ”, उनले भने ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।

सेयर गर्नुहोस्:
adad