मकवानपुरको बागमती गाउँपालिका–३ गढन स्थित चिरुवा खाेलामाथि नवनिर्मित झोलुङ्गे पुलकाे एक कार्यक्रमका साथ उद्घाटन गरिएकाे छ । आज बुधवार बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानद्वारा संयुक्त रुपमा नवनिर्मित गढन-सागवीर जाेडने झाेलुङ्गे पुलकाे उद्घाटन गर्नु भएकाे हाे ।
उदघाटन कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि एवम् बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामीले समयमै पुल सम्पन्न भएकाेमा सराेकारवाला सबैलाई धन्यबाद दिदै स्थानियलाई पुल बाटै आवत-जावत गर्न आग्रह गर्नु भएकाे थियाे । साथै यस्ता पुलहरु धेरै निर्माण गर्नु छ, हामी जस्ता निर्वाचित जनप्रतिनिधिहरु विकास निर्माणका कार्य एवम् नीति नियम तथा कानुन निर्माण गर्नुपर्ने बेलामा सरकार ढाल्ने र ठड्याउने खेलमा लागेकाे र त्यस्ता परिपाटीलाई गाउँ समुदायबाटै खबरदारी गर्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
सम्बाेधनकै क्रममा पालिका अध्यक्ष सर्केश घलानले पुल निर्माण ठुलाे हैन, यसलाई जाेगाउनु ठुलाे कुरा हुन्छ, जुन काममा लागि खटिरहेकाे छ, साे कामकाे परिणाम निकाल्नका लागि सवै खटिरहनु पर्ने र फुर्सदमा रहेका सम्पुर्ण युवाहरुलाई दैनिक विकास निर्माण र श्रममुलक कार्यमा जाेड्न आग्रह समेत गर्नुभएकाे थियाे ।
गढनमा कृषि व्यवसायका लागि उपयुक्त माटाे र हावापानि रहेकाेले थाेरै लगानिमा धेरै परिणाम निकाल्न सक्ने सम्भावना देखेकाे र आफुले पनि यश ठाउँकाे कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएकाे र यश कार्यमा सम्पुर्ण युवा वर्गहरु सहयाेगमा जुटनु पर्ने बताउनु भएकाे थियाे ।
संघिय सरकारकाे ८५ प्रतिशत लगानी रहेकाे झाेलुङ्गे पुलमा बागमती गाउँपालिकाकाे १३ प्रतिशत र उपभाेक्ता समुहकाे २ प्रतिशत लगानि गरि कुल ९० लाख ६१ हजार १ सय १३ रुपैँया लागत र राडाे नेपालकाे प्रविधिक सहयाेगमा निर्माण सम्पन्न भएकाे राडाे नेपालका प्राविधिक उमेस तामाङले सम्वाेधनका क्रममा भन्नुभयाे ।
संघीय सरकारको ७७ लाख १ हजार ९ सय ६७ रुपैयाँ र बागमती गाउँपालिकाको ११ लाख ७७ हजार ९ सय ४४ र उपभाेक्ता समितिकाे १ लाख ८१ हजार २ सय २२ रुपैयाँ लागतमा निर्मित उक्त झाेलुङ्गे पुलको लम्बाइ १ सय २० मिटर रहेको पनि प्राविधिक तामाङले बताउनु भएकाे थियाे ।
त्यसैगरि ३ नं. वडाध्यक्ष कमान सिं पाख्रिनले सम्बाेधनका क्रममा विजुलि हेर्न हेटाैडा जानुपर्ने, नुन किन्न राैतहट जानु पर्ने यश गाउँका जनताकाे अवस्था द्रुत गतिमा परिवर्तन हुदैछ, भाैतिक पुर्वाधार संगसंगै अब यश ३ नं. वडालाई आर्थिक विकास प्राथमिकता दिने कुरामा जाेड दिनुभएकाे थियाे । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो । खोला बढेकै अवस्थामा भोग्नुपर्ने सास्ती हट्यो, गढनबाट साबिक गाविस राईगाउँ जान र राईगाउँबाट गढन आउन जस्ताे सुकै भेलबाढी आए पनि अब खाेला तर्नु नपर्ने ३ नं. वडाध्यक्ष पाख्रिनले जिकिर दिनुभएकाे थियाे । उहाँका अनुसार उक्त पुल सञ्चालनसँगै बागमती-२ राईगाउँदेखि बकैया गाउँपालिका-२ दाेभान सम्मका करिब ५ हजार स्थानीयवासी लाभान्वित हुने बताईएका छन ।
स्थानीय समाजसेवी विकेश पाख्रिनले “पुल नहुँदा बालबच्चालाई विद्यालय पठाउन पनि डराउनु पर्ने अवस्था थियाे, अब त्याे डर सदाका लागि हटेकाे छ “भन्दै खुसि व्यक्त गरे । वडामा पुग्न घुमाउराे बाटाे हिड्नु परे ता पनि खाेला तर्नै पर्ने स्थितिकाे चाँहि अन्त्य भएको बताए । तर झाेलुङ्गेपुल देखि तल र माथि मुख्य सडक सम्म जाेड्ने बाटाे सरसफाई गर्न बाँकी रहेकाेले तत्काल जाेडनुपर्नेमा गुनासाे गर्नुभएकाे थियाे ।
उक्त पुल निर्माणका लागि २०८० भदाै ४ गते पालिकासँग जेठ मसान्तसम्मा सम्पन्न गर्ने गरि सम्झाैता गरेकाे भएपनि निर्माण कार्य सुरु गर्न केेहि ढिला भएका कारण म्याद थप गरि असार १० गते सम्पन्न गरिएकाे समितिका अध्यक्ष रवि सिंतानले बताए ।
उदघाटन कार्यक्रममा बकैया-१ नं. का वडाध्यक्ष आशिष् तितुङ, बागमती-३ नं. वडा सदस्य तुल बहादुर मुक्तान, बागमती-३ नं. पुर्व वडाध्यक्ष बल बहादुर पाख्रिन, राडाे नेपालका प्रविधिक एवम् कर्मचारी, बागमती प्रदेश झाेलुङ्गे पुल प्रादेशिक प्रविधिक सेवा प्रदायक संस्थाका कर्मचारी, लगाएतकाे सहभागी रहेकाे थियाे ।



