मेरो पत्र Logo

मेनुकाको स्वरमा ‘सलार’को गीत रिलिज

Mero Patra
मेरो पत्र
ad
मेनुकाको स्वरमा ‘सलार’को गीत रिलिज
adad

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’मा नेपालकी गायिका मेनुका पौडेलको पार्श्व गायन रहेको गीत सार्वजनिक भएको छ । बुधबार साँझ निर्माण कम्पनी हम्बेल फिल्म्सको युट्युब च्यानलमा सार्वजनिक भएको ‘सूरज ही छाँव बनके’ बोलको हिन्दी संस्करणको गीतमा उनको स्वर समावेश छ । मेनुकाले गत हप्ता मात्रै यो गीत मुम्बईस्थित एक स्टुडियोमा रेकर्ड गराएकी थिइन् ।

गीतमा रवि बसरुरको संगीत रहेको छ भने रिया मुर्खजीको शब्द रचना छ । युट्युबमा सार्वजनिक गीतमा फिल्मभित्रका चल/अचल दृश्यहरु समावेश छन् । मेनुकाले पहिलोपटक भारतीय फिल्मको गीतमा पार्श्व गायनको मौका पाएकी हुन् । यसलाई उनले आफ्नो गायन करिअरको टर्निङ पोइन्ट मानेकी छन् । अहिले उनी ‘इन्डियन आइडल’मा आफ्नो सानदार प्रस्तुतीका कारण चर्चामा छिन् ।

‘इन्डियन आइडल’को गत आइतबारको एपिसोडमा उनले स्टुडियो पुगेर ‘सलार’को गीत गाएको अंश प्राथमिकताका साथ प्रशारण गरिएको थियो । र, उक्त शोको निर्णायकमध्येकी श्रेया घोषालले उठेर बधाई दिएकी थिइन् । ‘इन्डियन आइडल’को ‘टप १४’सम्म पुगिसकेकी उनलाई उपाधिको हकदारको रुपमा हेरिएको छ । मेनुका दृष्टिविहीनहरुका लागि समेत प्रेरणाको स्रोत बनेकी छन् ।

सेयर गर्नुहोस्: