मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचे पसल बन्द गर्ने

Mero Patra
मेरो पत्र
ad
काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचे पसल बन्द गर्ने
adad

काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती,खैनी,गुट्खा,सुर्तीहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए ।

उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए ।

अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने भन्दै उनले पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिएको मानन्धरले जानकारी दिए ।

उनले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिबन्ध लगाएको बताए । त्यस्तै सार्वजनिक स्‍थलमा धुम्रपान गरेको पाइए १०० रुपैयाँसम्म जरिवाना गरिने पनि बताए ।

जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको प्रवक्ता मानन्धरको भनाइ छ ।काठमाडौं महानगरपालिकाले मंसिर २९ शुक्रबार महानगर दिवस मनाउने भएको छ ।

ad