मेरो पत्र Logo

हरिहरपुरगढीको सामतेन टासी छ्योइलिङ गुम्बाको सहयोगार्थ रोपाइँ कार्यक्रम सम्पन्न

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीको सामतेन टासी छ्योइलिङ गुम्बाको सहयोगार्थ रोपाइँ कार्यक्रम सम्पन्न
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जी बस पार्कमा रहेको टासी छ्योइलिङ गुम्बाको आर्थिक सहयोगका लागि श्रमदानमार्फत आज असार १५ मा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ।

गुम्बा अध्यक्ष श्री सत्यमान मोक्तानको अगुवाईमा आयोजित सो कार्यक्रम हरिहरपुरगढी–३ का वडा सदस्य मनोज मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा प्रहरी चौकी हरिहरपुरगढीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (प्र.स.नि) समसुदिन अन्सारी नेतृत्वको टोली, वडा नं १ का वडा सदस्य सुशील घिसिङ लगायतको सक्रिय सहभागिता रहेको थियो।

कुल ४६ जना सहभागी भएको रोपाइँ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्। रोपिएको धानबाली बिक्रीबाट प्राप्त हुने आम्दानी गुम्बाको खातामा जम्मा गरिने बताइएको छ।

यस कार्यक्रमले धार्मिक संस्था संरक्षणका साथै समुदायमा आपसी सहयोग र श्रमको महत्वलाई समेत उजागर गरेको छ।

सेयर गर्नुहोस्: