Skip to content

हरिहरपुरगढीको भाईरल जंगलमा नयाँ बर्षको रौनक

हरिहरपुरगढीको भाईरल जंगलमा नयाँ बर्षको रौनक
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,वैशाख १ : नयाँ बर्ष २०८१ लाई हामीले स्वागत गरिसकेका छौ। हर्षो उल्लासका साथ मनाइ पनि रहेका छौ। बिशेष गरि नयाँ बर्षको आगमन संगसंगै आन्तरिक पर्यटन पनि बढेको छ बिशेष ठाउहरुमा घुम्ने डुल्ने गर्दा पनि आन्तरिक पर्यटनमा ठुलो टेवा पुगिरहेको छ।

आज त्यस्तै दृश्य हरिहरपुरगढीको श्रीपुरको जंगलमा पनि त्यस्तै माहोल देखिएको थियो , हेटौडा धरान चतरा सडकखण्डको मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने श्रीपुरको जंगल अहिले भाइरल जंगलले परिचित छ , उक्त्त बाटो पर्दा जो कोहि पनि थकाइ मार्ने ,फोटो खिचेर सोसल मिडियामा राख्ने गरिएको पाइएको छ जंगलको बिचमा २ वटा आराम गर्ने बस्ने प्रतीक्षालय पनि हरिहरपुरगढी गाउँपालिकाले निर्माण गरिदिएको छ।
आज हरिहरपुरगढी किल्ला र श्रीपुरको भाईरल जंगल रोडमा हजारौको संख्यामा छिमेकि जिल्ला ,तथा स्थानियको उपस्थिति रहेको थियो। कोहि पिकनिक जस्तै नाच्दै रमाउदै ,खादै गरेको दृश्य देख्न सकिन्थ्यो कोहि मोबाइलमा फोटो ,भिडियो बनाउनमा ब्यस्त थिए।यसरि आन्तरिक रुपमा आफ्नो ठाउ चर्चित भएको भन्दै स्थानिय कमल राईले खुशी ब्यक्त्त गर्दै अझै पानिको ब्यबस्था,शौचालयको ब्यबस्था गरि पिकनिक खान ब्यबस्थित संरचना बनाउन सके अझै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने बताएका छन्।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

ट्यागहरू:

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts