Skip to content

बागमति गोल्डकप:सेमिफाइनको लागि आज आर्मी र बागमति खेलकुद बिकास समिती भिडदै

प्रकाशित:
शब्दको आकार

बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार चौथो क्वाटरफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा सेमिफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र बागमती खेलकुद बिकास समिति भिड्दैछ । दुई टिमबीचको खेल दिउसो १ बजे सुरु हुने छ।विजयी टिमले फाइनल प्रवेशका लागि ए .पि.एफ. क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts