सिन्धुलीको हरिहरपुरगढीमा फागुन ४ गते नि शुल्क स्वास्थ्य शिबिर हुने भएको छ। नेपाल तरुण दल जिल्ला कार्यसमिति सिन्धुलीकाे आयोजनामा मुटु रोग सम्बन्धी विशेषज्ञ डा.निश्चल साह सहितको टोलीले हरिहरपुरगढी- २ जनप्रभात नि.मा.बि. झनझनेमा नि:शुल्क स्वास्थ्य सेवा शिविरमा दिने भएको हो। नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान् गुरूङको प्रमुख आतिथ्यतामा शिबिर हुने भएको छ |
उक्त स्वास्थ्य शिविरमा सुगर ,प्रेसर ,थाइराइड ,इसिजी ,भिडियो एक्सरे ,नि शुल्क ओपिडी सेवा , फोक्सो सम्बन्धि सेवा ,विशेषज्ञ सेवा ,जेनरल सेवा ,स्न्यायु तथा मनोरोग सेवा सम्बन्धि उपचार तथा नि शुल्क औसधि समेत दिई ने आयोजक ले जनाएको छ। शिबिर बिहान १० बजे देखि सुरु हुनेछ।



