Skip to content

नेपाल तामाङ घेदुङ हरिहरपुरगढिले ल्होछार कार्यक्रम गर्दै चर्चित सेलो गायक फुल कुमार बम्जनको प्रस्तुती रहने

नेपाल तामाङ घेदुङ हरिहरपुरगढिले ल्होछार कार्यक्रम गर्दै चर्चित सेलो गायक फुल कुमार बम्जनको प्रस्तुती रहने
प्रकाशित:
शब्दको आकार

२०८० माघ २०, शनिबार २२:२९ by मेरोपत्र

सिन्धुलीको हरिहरपुरगढीमा ल्होछार शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । मन्जुश्री सम्बत २८६० औ डुक/मुपुख्री ( ड्रागन बर्ष ) सोनाम ल्होछारको अबसरमा हरिहरपुरगढी-२ श्रीपुर बजारमा नेपाल तामाङ घेदुङ हरिहरपुरगढी समितीले आयोजना गर्ने कार्यक्रम माघ २५ गते बिहान १० बजे हुन लागेको हो । तामाङहरुको बाहुल्यता रहेको पालिकामा बर्सेनि कार्यक्रम हुँदै आइरहेको छ ।

कार्यक्रममा चर्चित तामाङ सेलो गायक फुल कुमार बम्जन र डान्सर सृष्टि घिसिङ तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ साथै तामाङ भेषभुषा, रहनसहन, सस्कृती प्रस्तुती हुनेछ । कार्यक्रम हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts