आजबाट एचपीभी खोप अभियान सुरु


विश्व क्यान्सर दिवस’ को अवसर पारेर आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।
हहिरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबा र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले वडा नम्बर ३ स्थित हरिहरपुर मावि घण्टे खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरुलाई एक औपचारिक कार्यक्रमका बिच स्वास्थ्य सामाग्री हस्तानतरण गरेर अभियानको सुरुवात गर्नुभएको छ ।
गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले क्यान्सरले पछिल्लो समय आफन्त लगायत धेरै मानिसहरुको मृत्यु भएको सुनाउनुहुँदै खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको छ ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुँदैछ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकाहरुले लगाउने स्वास्थ्य शाखा प्रमुख मनोज सुयालले बताउनुभयो ।
आज मावि घण्टे खोपकेन्द्रमा ५३ जना विद्यार्थीले खोप लगाएका छन् भने आजै हाकपारा आधारभुत विद्यालय खोप केन्द्रमा २७ जना गरी जम्मा ८० जनाले खोप लगाएका छन् । यस अभियानबाट हरिहरपुरगढी गाउँपालिकाभरी ९७७ जनालााई खोप लगाइने लक्ष्य राखिएको छ ।