मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

एपीएफले जित्यो मकवानपुर महिला गोल्डकपको उपाधी,रश्मि सर्वोत्कृष्ट खेलाडी

Mero Patra
मेरो पत्र
एपीएफले जित्यो मकवानपुर महिला गोल्डकपको उपाधी,रश्मि सर्वोत्कृष्ट खेलाडी

मकवानपुर: सशस्त्र प्रहरी बलको एपीएफले मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । बिहीवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै एपीएफले उपाधी हात पारेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टोलीले गोल गर्ने अवसरहरु पाएपनी गोल भने गर्न सकेनन् । एपीएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मि घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरिन् ।


पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् । पुलिसकी कप्तान निरु थापाकी प्रहार एपीएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङकी प्रहार बाहिरिइन् । खेलको म्यान अफ द म्याच एपीएफकी गोलरक्षक अञ्जना घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । जीतसँगै एपीएफले ७ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।