Skip to content

नमुनाले मनायो अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस

नमुनाले मनायो अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस
प्रकाशित:
शब्दको आकार

चन्द्रनिगाहपुर, २३ मंसिर / हरेक वर्ष डिसेम्बर ९ का दिन विश्वभर मनाइने ‘अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस’को अवसरमा नमुना इङ्गलिस आवासीय विद्यालय, चन्द्रनिगाहपुरमा आज विशेष कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रमले भ्रष्टाचारप्रति सामाजिक जागरण फैलाउने, पारदर्शिता र उत्तरदायित्वबारे चेतना बढाउने तथा विद्यार्थीलाई नकारात्मक प्रवृत्तिबाट टाढा रहन प्रेरित गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले स्वतन्त्र रूपमा तयार पारेका पोस्टर, नारा तथा ब्यानरहरू प्रदर्शन गरिएको थियो। विद्यार्थीहरूले भ्रष्टाचारले देश र समाजलाई खोक्रो पार्ने भन्दै यसको न्यूनीकरणको लागि सबै सचेत र एक्यबद्ध हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचारको अन्त्य समृद्ध देशको आधार भएको अभिव्यक्तिहरु दिनुभएको थियो।
विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले भ्रष्टाचार राष्ट्रको विकासमा सबैभन्दा ठूलो अवरोध भएको बताउँदै विद्यार्थीस्तरबाटै सचेतना फैलिनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो। “भोलिका नागरिक तपाईंहरू नै हुनुहुन्छ। आजबाटै नैतिकता, सत्यनिष्ठा र जवाफदेहिताको मान्यता राख्न सके देशले उज्यालो भोलि पाउँछ,” प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भन्नुभयो।

विद्यालयका संस्थापक लक्ष्मी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने भन्दै विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “विद्यार्थीको बुझाइ परिवर्तनशील समाज निर्माणको आधार हो। सचेत युवा मतलब सशक्त राष्ट्र, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’, ‘सत्यनिष्ठ नागरिक – समृद्ध राष्ट्र , अबको नेपाल भ्रष्टाचार रहित नेपाल” उहाँले जोड दिनुभयो। उहाँले भ्रष्ट्राचारमुक्त समाज निर्माण विद्यार्थीकै हातमा रहेको उल्लेख गर्दै निरन्तर सचेतना र व्यवहारमै इमानदारी लागू गर्न सके मात्र अभियान सफल हुने धारणा राख्नुभयो।


कार्यक्रममा विद्यार्थीहरूले समूहगत प्रस्तुतिका माध्यमबाट भ्रष्टाचार कसरी हुन्छ, यसको प्रभाव के हुन्छ, रोकथामका उपायहरू र नागरिकको भूमिकाबारे जानकारी प्रस्तुत गर्नुभएको विद्यालयका कोर्डिनेटर बसन्त सुब्बाले बताउनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले सरकारी तथा गैरसरकारी संरचनामा पारदर्शिता, जवाफदेहिता र समान अवसर सुनिश्चित गर्न सचेत नागरिकको आवश्यकता अपरिहार्य भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार रहित समाज निर्माणमा आफूहरू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts