Skip to content

सिन्धुली कलाघरमा कलाकारहरुलाई स्वागत

सिन्धुली कलाघरमा कलाकारहरुलाई स्वागत
प्रकाशित:
शब्दको आकार

सिन्धुली — हरिहरपुरगढी गाउँपालिका र राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरको संयुक्त आयोजनामा भोलि मंसिर १ गते स्व. वरिष्ठ कलाकार जयनन्द लामा र स्व. वरिष्ठ गायिका इन्दिरा गोलेको शालिक अनावरण तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ।

आयोजकका अनुसार कार्यक्रमका सबै तयारी अन्तिम चरणमा पुगेका छन्। आज कलाकार तथा अतिथिहरूलाई  हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले कलाघरमा स्वागत गर्नुभएको छ।

यसैगरी, राष्ट्रिय कलाघर संग्रहालय सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरले भोलिको कार्यक्रम कला, संस्कृति र स्थानीय पहिचान झल्किने विविध प्रस्तुति सहित भव्य रूपमा सम्पन्न हुने तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts