Skip to content

मकवानपुरमा लागूऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ

मकवानपुरमा लागूऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ
प्रकाशित:
शब्दको आकार

मकवानपुर :मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित कबि कार्कीको कोठामा शंकास्पद अवस्थामा बसेका व्यक्तिहरुलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा हेटौडाका ३८ वर्षीय कबि कार्की, २६ वर्षीय उमेश लामा, बकैया गाउँपालिका–४ का ३३ वर्षीय सुरेश घलान र मकवानपुरगढी गाउँपालिका–३ का २९ वर्षीय सुनिल न्यौपाने रहेका छन्।

प्रहरीले उनीहरुको कोठा र शरीर खानतलासी गर्दा १ ग्राम २६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध फेला परेको जनाएको छ। बरामद गरिएको पदार्थसहित चारैजनालाई नियन्त्रणमा लिएर लागूऔषध कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts