Skip to content

हरिहरपुरगढी गाउँपालिकाबाट अग्निपीडितलाई निर्माण सामग्री हस्तान्तरण

हरिहरपुरगढी गाउँपालिकाबाट अग्निपीडितलाई निर्माण सामग्री हस्तान्तरण
प्रकाशित:
शब्दको आकार

सिन्धुली — हरिहरपुरगढी गाउँपालिकाले आगलागीबाट घर पूर्णरूपमा नष्ट भएका अग्निपीडित परिवारलाई घर पुनर्निर्माणका लागि निर्माण सामग्री हस्तान्तरण गरेको छ।

हिजो बुधबार अग्निपीडित डिलबहादुर पुलामीको परिवारलाई गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाको निर्देशनमा ४२ थान जस्तापाता, ४ केजी काटी र ४२ फिटे प्लेनपाता प्रदान गरिएको हो।

सामग्री हस्तान्तरण कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, जिन्शी शाखा प्रमुख किरण राई, प्रशासन शाखा प्रमुख किरणजंग भुजेल, शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

गत बैशाख महिनामा हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ गुडखोलास्थित पुलामीको घर ब्याट्री पड्किँदा लागेको आगलागीबाट जलेर पूर्णरूपमा नष्ट भएको थियो।


अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts