Skip to content

सिन्धुली दुधौलीका एक युवकको भारत लगेर मृगौला चोरी

सिन्धुली दुधौलीका एक युवकको भारत लगेर मृगौला चोरी
प्रकाशित:
शब्दको आकार

सिन्धुली, साउन २० – रोजगारीको प्रलोभनमा भारत पुर्‍याइएका दुधौली नगरपालिका–१ का ३४ वर्षीय खिलबहादुर भुजेलको एउटा मृगौला चोरी गरिएको पुष्टि भएको छ।

परिवारका अनुसार भुजेल पोखरामा रोजगारीको खोजीमा गएका थिए। त्यही क्रममा होटलमा जागिर लगाइदिने भन्दै एक व्यक्तिले उनलाई भारत पुर्‍याएका थिए। भारत पुगेपछि बेहोस पारेर शल्यक्रिया गरिँदै उनको एउटा मृगौला निकालिएको र करिब तीन दिनअघि घाउ लागेको अवस्थामा उनी घर फर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

घर फर्किएपछि ज्वरो आउने, कमजोरी महसुस हुनेजस्ता लक्षण देखिएपछि भुजेललाई डकाहा स्थित समिट माउन्टेन अस्पतालमा उपचार गराइएको थियो। अस्पतालका चिकित्सकले परीक्षणका क्रममा उनको शरीरमा केवल एउटा मात्र मृगौला रहेको पुष्टि गरेका छन्।

भारत पुर्‍याउने व्यक्तिले भने भुजेल बिरामी भएर बेहोस भएपछि उपचार गरिएको दाबी गरेका छन्। तर, परिवारले दिएको जानकारी अनुसार भुजेलको मृगौला निकालिएको कुरा उनको शरीरमा देखिएको शल्यक्रिया घाउले पुष्टि गर्छ।

हालसम्म भारत पुर्‍याउने व्यक्तिको पहिचान खुलेको छैन। यस्ता गम्भीर प्रकृतिका मानव अंग तस्करी घटनामा सम्बन्धित निकायले तुरुन्त अनुसन्धान अघि बढाई दोषीलाई कानुनी कारबाही गर्नु अपरिहार्य देखिन्छ।


साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts