Skip to content

बिमला फाउन्डेसनद्वारा घाइते बालिकाहरूको उपचार खर्च सहयोग

बिमला फाउन्डेसनद्वारा घाइते बालिकाहरूको उपचार खर्च सहयोग
प्रकाशित:
शब्दको आकार

सिन्धुली, साउन २० — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष तथा विमला फाउण्डेशन नेपालका सञ्चालक वज्रध्वज वाइबाले गत साउन १६ गते हरिहरपुरगढी -१ बस्तिपुरमा रुख ढलेर गम्भीर घाइते भएकी दुई बालिकाको सम्पूर्ण उपचार खर्च बेहोर्ने घोषणा गर्नुभएको छ।

वाइबा स्वयं मकवानपुर सहकारी अस्पताल पुगेर अहिलेसम्मको औषधोपचार खर्चस्वरूप नगद १ लाख ६ हजार रुपैयाँ अस्पतालमा बुझाउनु भएको हो।

घाइतेहरुको अबस्था बुझ्न बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) र हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष रमेश घलान पनि अस्पतालमा उपस्थित थिए।

अध्यक्ष वाइबाले घाइते बालिकाहरू अस्पतालमा रहँदासम्मको सम्पूर्ण उपचार खर्च विमला फाउण्डेशनले व्यहोर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै, उहाँले अस्पतालमा डाक्टरहरूसँग बालिकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभयो।

घाइते बालिकाहरू आर्थिक रूपले कमजोर परिवारबाट भएकोले फाउण्डेशनको सहयोगले ठूलो राहत पुगेको परिवारजनले बताएका छन्।

अध्यक्ष वाइबाले भन्नुभयो, “निम्न आय भएका नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो। आर्थिक अभावका कारण कुनै नागरिकको जीवन जोखिममा पर्नु हुँदैन।”

उपचारमा संलग्न चिकित्सकका अनुसार बालिकाहरूको अवस्था स्थिर हुँदै गएको छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

पीडित परिवारले उपचार खर्च जुटाउन नसकिरहेको अवस्थामा गरिएको सहयोगले उनीहरूलाई राहत मिलेको भन्दै फाउन्डेसन तथा अध्यक्ष वाईबालाई व्यक्त गरेका छन्।


अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts