Skip to content

हरिहरपुरगढीको पान्तलेमा तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर सम्पन्न

हरिहरपुरगढीको पान्तलेमा तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ शुभारम्भ गरिएको छ । वडा नम्बर ८ को कार्यालय पान्तलेमा आज एक समारोहबीच गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले एकीकृत घुम्ती शिविरको उद्घाटन गर्नुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर मोक्तानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष वाइबाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष वाइबाले जनताको सानातिना कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले मौसम प्रतिकूल भएर सेवा लिन आउने सेवाग्राहीलाई असहज हुने भएकोले समयमा नै कार्यक्रम सञ्चालन गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाले प्रदान गर्ने सबैखाले सेवा जनताले आफ्नो घरआँगनमा पाउँदा खुसी देखिएको भन्नुहुँदै उहाँले भोलिका दिनमा पनि जनताको जीवनस्तर अभिवृद्धि गर्नेमा आफू लागिपर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष थिङले भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण सेवाबाट वञ्चित भएका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उदेश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो ।

शिविरमार्फत सामाजिक सुरक्षा भत्ता १२१ जनालाई , ज्येष्ठ नागरिक परिचयपत्र ५५ जनालाई र अपाङ्गता परिचयपत्र १२ जनालाई वितरणका साथै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण ५१ जनाले ,कृषि तथा पशुपक्षी सेवा ४५ जनाले तथा शिक्षासम्बन्धी सेवा र व्यवसाय दर्ता तथा नवीकरण सेवा लिएका छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts