Skip to content

हरिहरपुरगढीको बनौलीमा बाईक दुर्घटना, राई र दर्लामी घाईते

हरिहरपुरगढीको बनौलीमा बाईक दुर्घटना, राई र दर्लामी घाईते
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ बनौलीमा हिजो साझ ५ बजे बाईक दुर्घटना हुदा दुई जना घाईते भएका छन ।

मदनभण्डारी राजमार्गको झनझनेबाट गुर्जीतर्फ गैरहेको प्र २-०२-००५ प ११७२ नम्बरको बाईक अनियन्त्रित भैइ पल्टिदा हरिहरपुरगढी  वडा नं.३ गुर्जी बस्ने सवारी चालक बर्ष ३८ का राम शरण राई र बाईक पछाडी सवार हरिहरपुरगढी -३ सोकन बस्ने बर्ष अन्दाजी ३५ बर्षका जिवन दर्लामी घाइते भएका हुन।

चालक राईको टाउको गम्भीर चोट लागेको र पछाडी सवार दर्लामीको दुबै हात खुट्टामा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनिहरुको अवस्था सामान्य भएको झुरझुरे स्थित पोलिक्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागी हेटौडा तर्फ पठाईएको प्रहरीले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts