Skip to content

सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै, अखिल क्रान्तिकारीको प्यानलै विजयी

सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै, अखिल क्रान्तिकारीको प्यानलै विजयी
प्रकाशित:
शब्दको आकार

सिन्धुली । सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा  नेकपा (एमाले) निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ ।

क्याम्पसको स्ववियू अध्यक्षमा क्रान्तिकारीका विशेष राई निर्वाचित भएका छन् । राईले ११० मत ल्याएका छन् भने नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट उमेद्वारा बनेका दीपेश मैनालीले ५६ मत प्राप्त गरेका थिए । कुल मतदाता १८५ रहेको मरिण बहुमुखी क्याम्पसमा १६७ मत खसेको थियो ।

सचिव क्रान्तिकारी कै डम्बर कुमारी मास्के निर्वाचित भएकी छिन् भने, कोषाध्यक्ष आइसीमाया तामाङ रहेका छन् । त्यसैगरी  सदस्यमा तुलसा आले, रदिप बराइली र रुजिता माझी  प्यानलै विजयी बनेको छ । निर्वाचन मङ्गलवार सम्पन्न भएको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts