Skip to content

हरिहरपुरगढीको बसेरीमा चट्याङ पर्दा तीन जना घाइते एक गम्भिर

हरिहरपुरगढीको बसेरीमा चट्याङ पर्दा तीन जना घाइते एक गम्भिर
प्रकाशित:
शब्दको आकार

सिन्धुली हरिहरपुरगढी गाउपालिका वडा नम्बर १ बसेरीमा हावाहुरी, बर्षाद सहित चट्याङ पर्दा ३ जना घाइते भएका छन् । साझ ५ बजे प्रहरी चौकी हरीहरपुरगढीमा खबर प्राप्त हुनसाथ तत्काल प्र.स.नि. समसुदिन अंसारीको कमाण्ड्‌मा टोली खटि घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइतेहरु हरिहरपुरगढी -१ बसेरी बर्ष ५२ कि सुकुमाया मोक्तान गम्भीर अबस्था भएकोले उपचारको लागी मकवानपुर तर्फ पठाईएको छ भने
बर्ष ६५ को महन्त रुम्बा र वर्ष २६ कि फुलमाया रुम्बा सामान्य घाइते भएको उनलाई स्थानिय मेडिकल गुर्जिमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts