Skip to content

बकैयामा ट्रिपर दुर्घटना हुदा चालकको मृत्यु

बकैयामा ट्रिपर दुर्घटना हुदा चालकको मृत्यु
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ स्थित झाक्रीडाँडामा ट्रिपर दुर्घटना हुदा ट्रिपर चालकको मृत्यु भएको छ। आज बिहान निर्माणाधिन तराई - काठमाण्डौ द्रुतमार्गमा फास्ट ट्रयाक सडकखण्डमा ट्रिपर दुर्घटना हुदा चालकको मृत्यु भएको हो । हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जादै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुदा ट्रिपर चालक चितवनका अन्दाजी  बर्ष ४२ को सानु लो तामाङको ट्रिपरले च्यापिएर दुर्घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts