Skip to content

बागमती गाउँपालिकाको बजेट विरुद्ध परेको रिट खारेज

बागमती गाउँपालिकाको बजेट विरुद्ध परेको रिट खारेज
प्रकाशित:
शब्दको आकार

बागमती: मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमाथि परेको रिट खारेज भएको छ । बुधबार उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीशहरु शान्ति सेढाई सापकोटा र सानू मैया डंगोलको संयुक्त इजलासले रिज खारेज भएको फैसला गरेको हो ।

गत असारमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र निवर्तमान प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानविरुद्ध परेको उत्प्रेषण परमादेश मुद्दा खारेज भएको हो । चालू आर्थिक वर्ष २०८१/८२ का लागि गाउँपालिकाले ल्याएको बजेट रोक्न गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनासहित बागमती–९ का वडाअध्यक्ष पुनराम घलान, ८ का वडाअध्यक्ष ईन्द्रमणि तिमल्सिना र ७ नम्बरका वडाअध्यक्ष उत्तरबहादुर भोलनले अदालतमा रिट दर्ता गराएका थिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts