Skip to content

सिन्धुलीको हरिहरपुरगढी साढेमा बागमती नदीको बाढीले ४० घर डुबानमा

सिन्धुलीको हरिहरपुरगढी साढेमा बागमती नदीको बाढीले ४० घर डुबानमा
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी ,असोज १२ :अविरल बर्षाले बागमती नदिको बहाब बढे पछि सिन्धुलीको हरिहरपुरगढी -३ बगैचा डुबानमा परेको छ। मदन भण्डारी राजमार्ग संगै रहेको बगैचा बस्तिमा बागमती नदि पसेपछि करिब ४० घर डुबानमा परेको हो।
बस्ति डुबान परेको खबर पाए लगत्तै हरिहरपुर गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको नेतृत्वमा नेपाल प्रहरी ,गाउँ प्रहरी ,स्थानिय उद्दारमा खटि,केहि खाधान्न ,लत्ता कपडा ,बाढीमा फसेका लाई उद्दार गरिएको छ।पशु चौपाया बगाएपनी कुनै पनि मानबिय क्षति नभएको स्थानिय प्रहरीले जनाएको छ। बिपतको घडीमा चनाखो रहन र नदि टाढै रहन सुरक्षित स्थानमा सर्नको लागि पालिका प्रमुखले आग्रह गर्नुभएको छ साथै बाढी पिडितलाई राहत पनि बाडिने बताउनुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts