Skip to content

सरसफाईबारे चेतना हुनु शिक्षाको बिकास हो :अध्यक्ष बज्रध्वज वाईबा

सरसफाईबारे चेतना हुनु शिक्षाको बिकास हो :अध्यक्ष बज्रध्वज वाईबा
प्रकाशित:
शब्दको आकार

आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर देशैभरि मनाइँएको छ । गएको वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ यो वर्ष हप्ताभरि देशैभर शिक्षा दिवस मनाउन लागिएको हो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले शिक्षा दिवस अन्तर्गत आज पालिका हाता वरीपरि सरसफाई गरेको छ। पालिका परिसर सफा भयो भने कार्यालयमा आउने सेवाग्राहीमा पनि सेवा लिन आउदा छुट्टै उत्साह हुने र हामीले आफ्नो घरवरी परि सफा गर्नुपर्छ भन्ने पालिका बासीमा संदेश जाने ,सरसफाईबारे चेतना हुनु पनि शिक्षाको बिकास हो पालिका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो।


सरसफाई कार्यक्रममा पालिका अध्यक्ष वाईबा ,उपाध्यक्ष चेख बहादुर थिङ्ग ,शाखागत कर्मचारी ,प्रहरी ,पालिका प्रहरी लगायतको उपस्थिति रहेको थियो। पालिकाको सभा हलमा असोज ३ गते भोलि संबिधान दिवसको उपलक्ष्यमा पालिकाले बिद्यालय स्तरिय नृत्य प्रतियोगिता गर्ने भएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts