Skip to content

देवास राईको २० औं स्थापना दिवस भदौ ८ मा धादिङमा मनाउदै

देवास राईको २० औं स्थापना दिवस भदौ ८ मा धादिङमा मनाउदै
प्रकाशित:
शब्दको आकार

किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिले २० औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ।
स्थापना दिवस भोलि भाद्र ८ गते शनिबारका दिन धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर २ स्थित महादेवबेसी समनटारमा हुने समाजका केन्द्रीय अध्यक्ष आशमान राईले जानकारी गराउनुभयो ।

कार्यक्रम किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष युवराज राईको प्रमुख आतिथ्यता हुने अध्यक्ष राईले बताउनुभयो।आफ्नो भाषा,कला, संस्कृतिको अध्ययन अनुसन्धान एवम् संरक्षण तथा जातीय उत्थान र विकास गर्ने उदेश्यले स्थापित यस संस्थाको स्थापना दिवस विविध कार्यक्रमहरू गर्दै मनाउदै आइरहेको समाजका अध्यक्ष राईले बताउनुभयो।
पृथ्वीनारायण शाहको एकिकरण पूर्व कालखण्डमा पाल्पाका राजा मुकुन्द सेनले राईहरूको बहादुरीता संग सम्झौता गर्दै राईहरूको सहयोगमा पाल्पा राज्यको सिमाना कोशी सम्म पुर्याएका थिए। पूर्व सर्त तथा सम्झौता मुताविक मकवानपुरमा कार्यकारिणी शासन संचालनका लागि चौतारिया बाजाहाङ राईलाई सुम्पिएको थियो । मकवानपुरमा शासन संचालन गर्ने कार्य बाजहाङ राईले गरेको इतिहासको स्मरण गराउंदै तिनै बाजहाङ राईको सन्तति किरात देवास राई भएको अध्यक्ष राईको बताउनुभयो।

देवास राईहरू प्राचीन किरात भूमि वल्लो किरात ( पूर्वमा सुनकोशी देखि पश्चिममा त्रिशुली नदी सम्म र दक्षिणमा मकवानपुरको चित्लाङ देखि उत्तरमा रसुवा जिल्लाको गोसाँकुण्डसम्मको भूभाग) भित्र र आसपासका मकवानपुर, धादिङ ,नुवाकोट,काभ्रे, चितवन,रौतहट, बारा, सिन्धुली आदि जिल्लाहरूको भूभागमा देवास राईहरूको बसोबास गर्दै आइरहेका छन।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts