Skip to content

नदि उकास जमिन व्यवसायिक कृषि गर्न चाहनेलाई लिजमा दिने: मन्त्री तामाङ

नदि उकास जमिन व्यवसायिक कृषि गर्न चाहनेलाई लिजमा दिने: मन्त्री तामाङ
प्रकाशित:
शब्दको आकार

सिन्धुलीमाढी :नदि उकास जमिन व्यवसायिक कृषि गर्न चाहनेहरुलाई लिजमा दिन पहल सुरु गर्ने उद्योग वाणिज्य,भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले बताउनु भएको छ । विहिवार सिन्धुलीमा कृषि विकास कार्यलय र पशु विकास कार्यालयको संयूक्त आयोजनामा भएको समिक्षा कार्यक्रममा यस्तो बउतानु भएको हो ।

मन्त्री तामाङले सिन्धुलीका स्थानिय तहहरुमा सार्वजानीक तथा नदि उकास जमिन अतिक्रमणमा परेकाले यसलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताउनुभयो । नदि उकास जमिन लिजमा दिन कानुनको निर्माण गर्ने छौँ मन्त्री तामाङले भन्नुभयो – “ दुधौलीको कमलानदि, तिनपाटनमा चदाँहा खोला, मरिण र हरिहरपुरगढीमा मरिण खोला, सुनकोशी,गोलञ्जोर र फिक्कलमा सुनकोशी नदिको उकास जमिनलाई अतिक्रम रोकेर उत्पादनमा जोड्न आवश्यक छ । ” अनुदानका लागि मात्र कृषि कर्म भन्नेहरुलाई ईन्कित गर्दै मन्त्री तामाङ भन्नु भयो – “ग्रामिण क्षेत्रबाट आउने कृषक र सुकिलो मुकिलो हुने कृषकको पहिचान गर्न आवश्यक रहेको छ ।” मन्त्री तामाङले उत्पादनमा जोड दिए कसैको पछि लाग्नु पर्ने अवस्था नआउने पनि बताउनुभयो । सक्षम कृषक बन्नका लागि संघर्ष गर्नु पर्ने बताउदै मन्त्री तामाङले भन्नु भयो – “ हामी पसिना बगाउन लजाउछौ अनि कसरी उत्पादन बढ्छत ? उत्पादन बढाउनका लागि उद्योग मन्त्रालय तयार रहेको पनि विश्वस्त पार्नुभयो । ”

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts