Skip to content

छिटोछरीतो कार्य सम्पादन गर्न मन्त्री सुकुमायाको आग्रह

छिटोछरीतो कार्य सम्पादन गर्न मन्त्री सुकुमायाको आग्रह
प्रकाशित:
शब्दको आकार

हेटौंडा : छिटोछरीतो र कानुनमा रहेर कार्य सम्पादन गर्न उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आज मगलवार मन्त्रालयको मातहतमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको निरिक्षणका क्रममा उहाँले यस्तो निर्देशन दिनु भएको हो । सधैव सस्थाको हितमा कार्य गर्नु पर्ने बताउदै मन्त्री तामाङले भन्नु भयो "कार्य सम्पादन गर्दा सजकता अपनाएर सेवाग्राही मैत्री बन्नु पर्छ ।"

कार्यालय निरिक्षण पछि हाल सम्म भएको कार्य सम्पादनको प्रतिवेदन हेरे पछि हाल सम्म सम्भाव्यता अध्ययन नगरी निमार्ण गर्न लागिएका औद्यौगिक क्षेत्रमा रकम मात्र खर्च भएको देखिएकाले त्यसमा देखिने र नागरिकले महशुस गर्ने गरी कार्य गर्न मन्त्री तामाङलै आग्रह गर्नुभयो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts