Skip to content

मन्त्री पद छाडेको केही घण्टामा गाडी र क्वाटर बुझाएर फर्किए भट्टराई

मन्त्री पद छाडेको केही घण्टामा गाडी र क्वाटर बुझाएर फर्किए भट्टराई
प्रकाशित:
शब्दको आकार

मन्त्री पद खुस्केको महिनौ बितिसक्दा पनि आफूले पाएको सेवा सुविधा भोग गरिरहने मन्त्रीहरूको बारेमा बेलाबेलामा समाचार आइरहन्छ। राज्यले दिएको क्वाटर गाडी सुरक्षाकर्मी लगायतका सुविधाहरु मन्त्री पद नरहदा पनि छाड्न अटेर गर्ने आफूसँगै लिएर जाने प्रविधि प्रवृत्ति हाम्रा देशका नेताहरूमा देखिँदै आएको छ। तर यसको अपवादमा देखिएका छन् मधेस प्रदेश सरकारका निवर्तमान मन्त्री युवराज भट्टराई 'समिर'।
मधेश सरकारबाट मन्त्रीबाट बर्खास्त भएका नेकपा माओवादी केन्द्रका सांसद युवराज भट्टराईले सरकारी आवास र गाडी बुझाउनुभएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले भट्टराईलगायत चार दलका ६ मन्त्रीलाई आज बर्खास्त गर्नुभएको थियो। मन्त्री पदबाट बर्खास्त भएको केही घण्टाभित्रै भट्टराईले आफूले चढ्दै आएको गाडी र आवास सरकारलाई जिम्मा लाउँदै बाहिरिनु भ‌एको उहाँको सचिवालयले जनाएको छ।
२५ जेठमा उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बन्नुभएको माओवादी केन्द्रका सांसद भट्टराईले आफूले छोटो अवधिमा पनि धेरै कामहरू गरेको जनाउनुभएको छ। उहाँले आफ्नो छोटो कार्यकालमा सुशासन कायम गर्न हरसम्भव प्रयास गरेको , उद्योग दर्तामा देखिएको कानुनी समस्या हल गर्न प्रयत्न गरेको, उद्योगीहरूसँग समन्वयन गरी रोजगारी सिर्जना गरेको, मधेस प्रदेसका ८ वटै जिल्लामा देखिएका समस्याहरुलाई हल गर्दै सेवा कार्यालयहरु खोल्ने निर्णय गरेको उहाँले बताउनुभयो। यसैगरी उहाँले आफुले पर्यटनक्षेत्रमा खड्किएका कानुनी समस्याहरुलाई निकास निकाल्न ऐन बनाउने कार्यको शुरुवात गर्दै "घुमौ मधेस बुझौ मधेस" भन्नेनारालाइ सफल बनाउन पर्यटन व्यवसायीहरुसँग व्यापक छलफल , अन्तरक्रिया र प्रचारप्रसार गरेको उहाँको भनाइ छ। साथै प्रचार प्रसार गरियो । 'हामीले प्रदेशका जिल्लाहरुमा पर्यटन बिकास गर्न गौरबका आयोजना, गुरुयोजना, विद्युतीय एप्स, बजारिकरण गर्न आवश्यकता हेरेर बजेट तर्जुमा गर्यौ' उहाँले भन्नुभयो, 'हामीले प्रदेशमा उद्योगको विकासको लागि रोडम्याप तयार पार्यो। मधेस प्रदेशलाई उद्योगको हब बनाउन हामी लागिपर्यो।' उहाँले आफ्नो कार्यकाल सफल पार्न मन्त्रालय मातहतका कर्मचारी, पार्टीपंक्ति, जिम्मेवार नेतृत्वगण, सहकर्मी, समर्थक, शुभचिन्तक लगायत सञ्चारकर्मी, सुरक्षानिकाय र मतदाताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी यात्रा निरन्तर जनताको सेवा र प्रदेशको समृद्धिमा सकृयता पुर्वक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts