हेटौंडाः हेटौंडामा भारि बर्षाको कारण घर डुबानमा परेको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ भित्रका ३० घर बर्षाको कारण डुबानमा परेको हो । हिजो शुक्रबार रातीबाट निरन्तर परेको वर्षाले वडाभित्रका ३० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरहरु डुबानमा परेपछि शनिबार दिउँसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको कमाण्डमा टोली खटिएर उद्धार गरिएको छ । घर डुबानमा पर्दा मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार डुबानबाट के कति क्षति भयो भन्ने विवरण आउँन बाँकी रहेको प्रबक्ताले बताउनुभयो ।



