Skip to content

हरिहरपुरगढीको जखौली लिफ्ट सिचाई आयोजनाको सामाग्री हस्तान्तरण

हरिहरपुरगढीको जखौली लिफ्ट सिचाई आयोजनाको सामाग्री हस्तान्तरण
प्रकाशित:
शब्दको आकार

झनझने,असार ११ : हरिहरपुरगढी गाउँपालिकाले लिफ्ट सिचाईं आयोजनाको सामाग्री हस्तान्तरण गरेको छ। गाउँपालिकाको वडा नम्बर २ जखौलिको लागि लिफ्ट सिचाईं सामाग्री पालिका अध्यक्ष बज्रध्वज वाइबाले हस्तान्तरण गर्नु भएको हो। करिब ५ लाखको सामाग्रीहरु ७.५ एचपीको ४ इन्च पानि तान्ने मोटर पम्प,त्यसलाई चाहिने अर्थिङ्गका सामाग्री , मिटर देखि पम्प सम्म पुग्ने तार लगायतका सामाग्री वितरण गरिएको छ ,इनारको पानि लिफ्ट सिचाई मार्फत खेतखेतमा पुर्याउने लक्ष्य रहेको छ ,आगामी आर्थिक बर्षमा थप ७ लाख बजेट थपि कार्य सम्पन्न गर्ने लक्ष्य रहेको इन्जिनियर भिष्मदिप सुनुवारले बताउनु भयो।हस्तान्तरण कार्यक्रममा प्राविधिक शाखा प्रमुख इन्जिनियर भिष्मदिप सुनुवार,आर्थिक विकास शाखा प्रमुख संजित कार्की, कार्यपालिका सदस्य मोहनकाजि बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।लिफ्ट सिचाई मार्फत खेतमा पानि आउने भए पछि जखौली बासि हर्षित भएका छन्
आर्थिक बर्ष २०८१ /०८२ को लागि प्रदेश सरकारबाट पालिकाको विभिन्न ठाउँमा लिफ्ट सिचाईका आयोजनाहरु बजेटमा परेका छन।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts