मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

वाईसियल मकवानपुरको अध्यक्षमा मुक्ति लामा चयन

Mero Patra
मेरो पत्र
वाईसियल मकवानपुरको अध्यक्षमा मुक्ति लामा चयन

मकवानपुर: नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) नेपाल मकवानपुरको अध्यक्षमा मुक्ति लामा सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनबाट लामा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

लामाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । केही पदाधिकारी भने चयन हुन बाँकी छ । नवनिर्वाचित अध्यक्ष लामाले आफनो कार्यकालमा सिङ्गो कमिटीलाई परिचालन गरेर पार्टी र जनताको पक्षमा काम गर्ने बताउनुभएको छ । नवनिर्वाचित कमिटीको कार्यकाल २ वर्षको हुनेछ ।