मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीमा भोली देखि ३ दिने नि:शुल्क दन्त तथा आँखा शिविर हुदै

Mero Patra
मेरो पत्र
हरिहरपुरगढीमा भोली देखि ३ दिने नि:शुल्क दन्त तथा आँखा शिविर हुदै

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा भोली मंगलबारबाट आँखा र दाँत सम्बन्धी बृहत् शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही वैशाख २३,२४ र २५ गते तीन दिन निःशुल्क शिविर सञ्चालन गर्न लागेको हो ।

काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ । शिविर हरिहरपुरगढी गाउँपालिका – ४ महेन्द्रझ्याडि स्वास्थ्य चौकीमा हुनेछ ।

गाउँपालिकाले जनस्वास्थ्यलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ । समयमै रोग पहिचान गरि नागरिकहरूको स्वास्थ्य जोखिम न्युनिकरण गर्न सकिने तथा रोग लागेकालाई विशेषज्ञ डाक्टरहरु मार्फत सोहि शिविरमा आवश्यक उपचारको व्यवस्था गरिने अध्यक्ष वाइबाले जानकारी दिनुभयो । शिविरमा आँखा विशेषज्ञ डाक्टरद्धारा आँखा जाँच, मोतियाबिन्दुको शल्यक्रिया, निःशुल्क चस्मा तथा औषधी वितरण गरिने गाउँपालिकाले जनाएको छ । यसैगरी दन्त विशेषज्ञ डाक्टर मार्फत दाँत परिक्षण, सफाई गर्नुका साथै दाँत निकाल्ने, निःशुल्क औषधी वितरण तथा परामर्श प्रदान गरिने जानकारी दिइएको छ ।गाउँपालिकाका अध्यक्ष वाइबाले निःशुल्क शिविरमा सहभागी भई लाभ लिन गाउँपालिकाबासीलाई आग्रह गर्नुभएको छ ।