मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीमा लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Mero Patra
मेरो पत्र
हरिहरपुरगढीमा लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायत शाखागत कर्मचारीहरुको उपस्थितीमा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

एकद्धार संकट व्यवस्थापन केन्द्र ( ओसीएमसी ) सिन्धुली र सुनौलो नेपालको आयोजनामा लैङ्गिक हिंसा बिषयमा सुचना,शिक्षा तथा सशक्तीकरण सम्बन्धी अन्र्तक्रिया भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले लैङ्गिक हिंसा न्युनिकरणको निम्ती यस्ता कार्यक्रम विद्यालयका शिक्षक,विद्यार्थी,स्वयमसेविकाहरु,स्वास्थ्यकर्मी तथा वडा स्तरका सम्पुर्णलाई प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले हिंसा हुने ठाउँका स्थानीयहरुलाई पनि समावेश गर्नुपर्ने बताउनुभयो । आगामि वर्षमा गाउँपालिकाको साझेदारीमा बृहत रुपमा कार्यक्रम सन्चालन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्र ( ओसीएमसी ) सिन्धुलीका सहजकर्ता सुनिता शर्मा र सुवेदीले सहजीकरण गर्नुभएको थियो । सो क्रममा ओसिएमसीको परिचय,कार्य, सेवाहरु,सन्चालन विधि,उदेश्य,हिंसाको प्रकार,हिंसा हुनुको प्रमुख कारणहरु तथा हिंसालाई कम गर्न सकिने उपायहरुको बिषयमा प्रष्ट्याइएको थियो ।