मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीको चिसापानीमा हस्तकला सामाग्री निर्माण तालिम सम्पन्न

Mero Patra
मेरो पत्र
हरिहरपुरगढीको चिसापानीमा हस्तकला सामाग्री निर्माण तालिम सम्पन्न

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित चिसापानीमा १ महिने बेदवाँस जन्य हस्तकला सामग्री निर्माण सम्बन्धी तालिम आज सम्पन्न भएको छ ।एक कार्यक्रम बिच हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।

हरिहरपुरगढी गाउँपालिकाका आर्थिक विकास शाखाका प्रमुख सन्जीत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, लघुउद्यमका राजन विक लगायतको उपस्थिती रहेको थियो ।

पिछडिएका समाजको उत्थानको लागि उद्यमशिलता परियोजना अन्र्तगत हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा अध्यक्ष उद्यमशिलता कार्यक्रम मार्फत वडा नम्बर १ का २० जना स्थानीयलाई १ महिने प्राविधिक सिप विकास तालिम प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले स्थानियले आफैले उत्पादन गरेको हस्तकला सामाग्री बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

विशेष गरी बेरोजगारहरुलाई लक्षित गरेर तालिम दिइएको हुनाले तालिममा सिकेको सिपलाई सदुपयोग गरेर आत्मनिर्भर बन्न प्रयास गर्नुपर्ने बताउँदै उत्पादन भएका सामग्रीको बजारीकरणको जिम्मा गाउँपालिकाले लिइने बताउनुभयो ।

स्थानीयको सामग्री उत्पादनको लागि समस्या भएको भन्ने गुनासोलाई सम्बोधन गर्नुहुँदै उहाँले सामग्री गाउँपालिकाले व्यवस्था गरिदिने बताउनुभयो ।
चैत ३ गतेबाट सुरु भएको तालिममा बाँसजन्य मोडा,नाङ्लो,फोटा फ्रेम, र्याक  लगायतका सामग्री निर्माण गर्नको प्रशिक्षण दिइएको थियो ।