मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

काठमाडौको तिनकुने क्षेत्रमा सेना परिचालन

Mero Patra
मेरो पत्र
काठमाडौको तिनकुने क्षेत्रमा सेना परिचालन

काठमाडौं । राजावादी प्रदर्शनकारीले काठमाडौंका ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरिरहेका बेला काठमाडौंको तीनकुनेको सडकमा नेपाली सेनाको टोली परिचालन भएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएपछि आम जनताले सेना परिचालन भएको अनुमान लगाएका छन् ।

नेपाली सेनाले काठमाडौं उपत्यकामा सेना परिचालन नभएको, तर आगजनी र लुटपाटजस्ता घटना भएका कारण त्यसको नियन्त्रणका लागि प्रहरीलाई सघाउन टोली गएको प्रष्टीकरण दिएको छ।