बागमतीमा कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय विरुद्ध नागरिक सडकमा


बागमती: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध बागमती गाउँपालिकाका नागरिक सडकमा उत्रिएका छन् । बुधबार वाइसीएल नेपाल बागमती गाउँपालिका कमिटी र अखिल क्रान्तिकारी पालिका कमिटीले संयुक्त आयोजना गरेको विरोध प्रदर्शनमा जनता सडकमा उत्रिएको हो ।
बुधबार बागमती-४ स्थित झुरझुरेमा विरोध प्रदर्शन र जुलुस गरिएका छन् । वाइसीएल बागमती कमिटीका अध्यक्ष आकाश लोप्चनको संयोजकत्वमा भएको विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाइएको छ । र्यालीमा सहभागीहरुले दलालहरु होसियार, विघुतीय माफियाको चलखेल बन्द गर र नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।
विरोध प्रदर्शनमा पार्टी गाउँकमिटीका अध्यक्ष अरुण बल, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य रोजल पाख्रिन लगायत नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।