सिन्धुलीको मरिणमा भरुवा बन्दुक बोकेका वाईबा पक्राउ


सिन्धुली प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । मरिण गाउँपालिका– ३ वरुण बस्ने ४० वर्षका सूर्य कुमार वाइबाले भरुवा बन्दुक लिएर सिकार खेल्न हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी टोलीले बेताल सामुदायिक वनबाट १ थान भरुवा बन्दुक र सो बन्दुकमा प्रयोग हुने बारुद सहित फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
वाइबालाई सोमबार सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए