मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

सिन्धुलीमा एसइई परीक्षामा ५ हजार ५१ जना बिद्यार्थी सहभागी

Mero Patra
मेरो पत्र
सिन्धुलीमा एसइई परीक्षामा ५ हजार ५१ जना बिद्यार्थी सहभागी

सिन्धुली । आजबाट सुरु भएको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । पहिलो दिनको परीक्षामा सिन्धुली जिल्लाबाट७९  जना विद्यार्थी अनुपस्थित भएका छन् ।

पहिलो दिन साधारण धार तर्फ ४५, प्राविधिक धारतर्फ १ जना छात्रा र ग्रेड वृद्धितर्फ ३३  गरी ७९ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका  प्रमुख मोहन सुनुवारले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको अनुसार ५ हजार ५१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षाका लागि जिल्लाभर २७ वटा परीक्षा केन्द्रहरू तोकिएको छ । भोलि अनिवार्य नेपाली विषयको परीक्षा हुँदै छ ।