सिन्धुलीको कमला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका विवेक लुइँटेल विजयी


सिन्धुलीमाढी । सिन्धुलीको दुधौलीस्थित कमला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका टेक प्रसाद लुइँटेल (विवेक) विजयी भएका छन् ।
अनेरास्ववियुबाट उम्मेदवार बनेका लुइँटेलले १२१ मत प्राप्त गरेर विजयी भएका छन् । यसैगरी सचिव अनेरास्ववियुकी प्रमीला पोखरेल र कोषाध्यक्षमा नेविसंघकी जमुना कार्की निर्वाचित भएकी छिन् । सदस्यमा दीपिका कुमर, सुस्मा थापा मगर, सविता ढुङ्गाना र दोजबहादुर थापा विजयी भएका छन् ।
अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले एकल प्रतिस्पर्धा गरेका थिए । निर्वाचन समितिका अनुसार ४६८ मतदाता रहेकोमा २९० मत खसेको थियो।