मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

चलचित्र ‘अस्तु’ को शुभ मुहुर्त शुभारम्भ, हरिहरपुरगढीमा छायांकन हुने

Mero Patra
मेरो पत्र
चलचित्र ‘अस्तु’ को शुभ मुहुर्त शुभारम्भ, हरिहरपुरगढीमा छायांकन हुने

सिन्धुली: तामाङ कथानक चलचित्र ‘अस्तु’ को शुभ मुहुर्त शुभारम्भ गरिएको छ । बिहीवार हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा तामाङ चलचित्र संघ तथा चलचित्र विकास बोर्डको प्रस्तुती चलचित्र ‘अस्तु’ को शुभ मुहुर्त शुभारम्भ गरिएको हो ।

तामाङ चलचित्र संघका अध्यक्ष दीपक तामाङ लामाले निर्देशन गर्ने चलचित्रको छायांकन हरिहरपुरगढी गाउँपालिकाको विभिन्न स्थानमा हुने भएको छ । चलचित्र शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले चलचित्रले तामाङ समुदायको रितिरिवाज, सँस्कृतिको प्रचारप्रसार तथा हरिहरपुरगढी गाउँपालिकाको देश,विदेशमा प्रचार,प्रसार हुने छ भन्दै विश्वास व्यक्त गर्नुभएको छ ।

चलचित्रमा तामाङ समुदाय भित्रको रितिरिवाज परम्परा अनुसार माईती र चेलीबीचको कथालाई मुख्य रुपमा उठाईने चलचित्र निर्माण समितिले जनाएको छ ।
चलचित्रको छायाङ्कनको लागि आउनुभएका निर्देशक तथा कलाकारहरुलाई गाउँपालिकामा स्वागत गरिएको छ ।

चलचित्रमा नायक बिरध्वज मोक्तान,अबिना गोले,बिरमान स्याङ्तान,मायादेबी मोक्तान,कल्पना लामा बल,अरुणा योन्जन,आइ सि लामाको मुख्य भुमिका रहनेछ, चलचित्रमा ४ वटा गीत समावेस हुनेछन गीतहरुमा कुमार स्याङ्बा,दिपक तामाङ लामाको शब्द जोगलाल लामा,दिपक तामाङ लामाको सङीत तथा सुरेश लामा,निर्मला घिसिङ, पार्बती गुरुङको स्वर रहनेछ । चलचित्रलाई एदिप कुलुङले छायांकन गर्नेछ्न भने सोम जिसिको पट्कथा सम्बाद रहनेछ ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन श्रेष्ठ, ५ नम्बर वडाका वडा अध्यक्ष साइला लामा, गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष एवम् चलचित्र डाइरेक्टर तथा नायक लक्ष्मी बहादुर (हिमाल) राई लगायत शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।