सातौं बागमती गोल्डकप: उपाधी साविक विजेता मछिन्द्र र चर्च ब्वाइज भिड्दै


बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज छिनोफानो हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेलमा उपाधीका लागि साविक विजेता मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रलाई लगातार दोस्रो पटक उपाधी हात पार्ने अवसर छ भने चर्च ब्वाइजलाई पहिलोपटक उपाधी जित्ने अवसर छ ।
उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।